घटना

जापानमा नेपाली युवती हत्या प्रकरण : दुई जनाविरुद्ध मुद्दा नचलाउने निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २० कार्तिक । जापानको फुकुओका सहरमा नेपाली युवतीको हत्या भएको घटनामा पक्राउ परेका तीन नेपालीमध्ये दुई जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका २८ वर्षीय नेपाली विद्यार्थी तामाङ सान्जविरुद्ध भने हत्या अभियोगमा अदालतमा मुद्दा दायर गरिएको छ ।

गत अगस्टमा फुकुओका सहरको तेन्जिन क्षेत्र हुँदै बग्ने नाकागावा नदीमा २५ वर्षीया नेपाली विद्यार्थी राजवंशी लक्ष्मीको शव फेला परेको थियो । उनी जापानमा रहेको एक भाषा विद्यालयमा अध्ययनरत थिइन् ।

लोक कल्याणकारी विज्ञापन

अनुसन्धानका क्रममा पक्राउ परेका तामाङमाथि फुकुओका सहरको चुओ वार्डस्थित एक अपार्टमेन्टमा लक्ष्मीमाथि आक्रमण गरी घाँटीमा डोरीले कसेर नदीमा खसालेको र त्यसपछि डुबेर उनको मृत्यु भएको आरोप लगाइएको छ ।

बिज्ञापन

यस घटनामा तामाङसँगै पक्राउ परेका २० वर्ष उमेर समूहका एक नेपाली पुरुष र एक महिलालाई भने हिरासतबाट रिहा गरिएको थियो । उनीहरूविरुद्ध गत अक्टोबर २९ देखि औपचारिक रूपमा मुद्दा नचलाउने निर्णय गरिएको हो ।

फुकुओका जिल्ला सरकारी वकिलको कार्यालयले मुख्य अभियुक्तसँग उनीहरूको मिलेमतो थियो वा थिएन भन्ने विषयसहित उपलब्ध प्रमाणहरूको अध्ययन गरेपछि मुद्दा नचलाउने निर्णय गरेको जनाएको छ ।

दुई जनाविरुद्ध मुद्दा नचलाउने निर्णय भए पनि मुख्य अभियुक्त तामाङविरुद्ध भने हत्या अभियोगमा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन