घटना

अमेरिकामा नेपाली मूलका बल खड्कामाथि पत्नीको हत्या आरोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अमेरिका, १ कात्तिक । अमेरिकाको भर्मन्ट राज्यस्थित बर्लिङ्टनमा पत्नीको हत्या गरेको आरोप लागेका नेपाली मूलका ४४ वर्षीय बल खड्काले अदालतमा आफू दोषी नरहेको दाबी गरेका छन्।

लोक कल्याणकारी विज्ञापन

अक्टोबर १३ मा अदालतमा उपस्थित भएका खड्कामाथि पत्नी लिला दर्जी खड्काको हत्या गरेको आरोप छ। प्रहरीका अनुसार लिलालाई अक्टोबर १० को बिहान दक्षिण च्याम्पलेन स्ट्रिटस्थित उनीहरूको अपार्टमेन्टमा गम्भीर अवस्थामा फेला पारिएको थियो। उपचारका क्रममा अक्टोबर ११ को साँझ उनको मृत्यु भएको थियो।

लोक कल्याणकारी विज्ञापन

अदालती कागजातअनुसार, खड्काले फ्ल्यासलाइटले पत्नीमाथि आक्रमण गरेको आरोप छ। घटनाका बेला उनीहरूका ३ र १० वर्षका दुई छोरीसहित अर्की एक बालिका पनि घरमा थिए। बालबालिकामाथि क्रूर व्यवहार गरेको सम्बन्धमा लगाइएका तीन अभियोगमा पनि खड्काले आफू दोषी नरहेको दाबी गरेका छन्।

बिज्ञापन

अदालतले खड्कालाई जमानतबिना हिरासतमा राख्न आदेश दिएको छ। उनीमाथिका आरोपबारे न्यायिक प्रक्रिया जारी छ। अदालतमा सुनुवाइका क्रममा नेपाली भाषाका दोभाषेको व्यवस्था गरिएको थियो।

घटनाले घरेलु हिंसा र त्यसबाट बालबालिकामा पर्न सक्ने असरबारे पुनः चिन्ता बढाएको छ। खड्कामाथि लगाइएका आरोप अदालतबाट प्रमाणित हुन भने बाँकी छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन