आस्था /आध्यात्म

हरियाणामा हुने निरंकारी सन्त समागममा नेपालबाट दुई हजार सन्त–भक्तहरु सहभागी हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १ कात्तिक । भारतको हरियाणा राज्यस्थित समालखामा आयोजना हुने ७९औँ अन्तर्राष्ट्रिय वार्षिक निरंकारी सन्त समागममा नेपालबाट करिब दुई हजार सन्त-भक्त तथा निरंकारी सेवादलका जवान सहभागी हुने भएका छन्।

लोक कल्याणकारी विज्ञापन

कार्तिक ६ देखि ९ गतेसम्म सञ्चालन हुने समागमका लागि नेपालका विभिन्न स्थानबाट सेवादलका जवान अग्रिम सेवामा खटिन शनिबार असोज ३१ गते नै हरियाणातर्फ प्रस्थान गरिसकेका छन्। बाँकी सन्त-भक्तहरू भने कात्तिक ३ र ४ गते त्यसतर्फ जाने तयारीमा छन्।

लोक कल्याणकारी विज्ञापन

नेपालबाट समागममा हुने सहभागिताबारे सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलले जानकारी दिदै समागममा सहभागी हुने नेपाली सन्त-भक्त तथा सेवादलका जवानले सेवा, सत्संग र आध्यात्मिक प्रवचनमा सहभागिता जनाउने बताएका छन्।

बिज्ञापन

केही दिनअघि हरियाणामा भएको भारी वर्षाका कारण चिसो बढ्न सक्ने अनुमान गर्दै मण्डलले सहभागीहरूलाई न्यानो लुगा साथमा लैजान आग्रह गरेको छ। साथै, महँगा सामान तथा गहना नलैजान र समागमस्थलमा पुगेपछि सत्गुरु माता सुदीक्षा जी महाराज तथा अन्य सन्तहरूको प्रवचन सुन्ने र आध्यात्मिक सत्संगमा सहभागी हुने अवसरको सदुपयोग गर्न अनुरोध गरिएको छ।

भारत–नेपाल सीमाका भन्सार नाकामा जाँच कडाइ गरिएको भन्दै मण्डलले यात्राका क्रममा आफ्नो राष्ट्रियता खुल्ने परिचयपत्र अनिवार्य रूपमा साथमा राख्न पनि सुझाव दिएको छ। समागमबाट फर्किंदा अनावश्यक सामान किनमेल गरेर नल्याउनसमेत सहभागीहरूलाई आग्रह गरिएको छ।

हरियाणाको समालखास्थित भोडवाल माजरीमा आयोजना हुने समागमस्थल करिब ६५० एकड क्षेत्रफलमा फैलिएको छ। आयोजकले सहभागीका लागि आवास, लंगर, पार्किङ तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाएका छन्।

सत्गुरु माता सुदीक्षा जी महाराज र निरंकारी राजपिता रमित जीको सान्निध्यमा हुने समागमको यस वर्षको मुख्य विषय ‘जागृति’ रहेको छ। समागममा भारतका विभिन्न राज्यसहित नेपाल तथा अन्य देशबाट समेत लाखौँ सन्तभक्त सहभागी हुने अपेक्षा गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन