आस्था /आध्यात्म

‘नेपाल भूकम्प र बाढीपहिरोको देश मात्रै होइन, ज्ञान र अध्यात्मको भूमि पनि हो’- बाबुराज महर्जन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हरियाणा, २० कार्तिक । नेपाललाई भूकम्प र बाढीपहिरोको देशका रूपमा मात्रै बुझ्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने सन्त निरंकारी मण्डल नेपालका क्षेत्रीय सेवा दल सञ्चालक बाबुराज महर्जनले बताएका छन् । भारतको हरियाणास्थित समालखामा आयोजित ७९ औँ निरंकारी सन्त समागममा साधसंगतलाई सम्बोधन गर्दै उनले नेपाल प्राकृतिक विपत्तिको सामना गर्ने देश मात्रै नभई ज्ञान र अध्यात्मको भूमि पनि भएको बताएका हुन् ।

नेपालमा स्वयं सतगुरु माता सुदीक्षा जी महाराजले सन्त समागम आयोजना गरी ब्रह्मज्ञानको सन्देश प्रवाह गरेको उल्लेख गर्दै महर्जनले नेपालको पहिचानलाई विपत्तिसँग मात्रै जोडेर हेर्न नहुने बताए । ‘नेपाल भूकम्प र बाढीपहिरोको देश मात्रै होइन, यो ज्ञानको भूमि पनि हो, अध्यात्मको भूमि पनि हो,’ उनले भने ।

लोक कल्याणकारी विज्ञापन

सम्बोधनका क्रममा उनले हालैको बाढीका बेला सतगुरु माता सुदीक्षा जी महाराजको कृपाले प्रभावित व्यक्तिहरूलाई माया, प्रेम र श्रद्धा प्रकट गर्ने अवसर प्राप्त भएको प्रसंग पनि सुनाए ।

बिज्ञापन

उनले बाढीबाट जोगिएकी ७२ वर्षीया एक महिलाको अनुभव सुनाउँदै विपद्का बेला समयमै सूचना प्राप्त गर्नु र त्यसलाई गम्भीरतापूर्वक लिनु जीवनरक्षाका लागि महत्त्वपूर्ण हुने बताए । बाढी आउने जानकारी पाएपछि ती महिला एक्लै भए पनि सुरक्षित स्थान खोज्दै डाँडातर्फ उक्लिएकाले ज्यान जोगाउन सफल भएको उनको भनाइ थियो ।

ती महिलालाई अरू मानिस किन बाढीबाट जोगिन सकेनन् भनेर सोध्दा उनीहरूले फोटो र भिडियो खिच्नमै समय बिताएको बताएको महर्जनले उल्लेख गरे । बाढी आउने सूचना पाएर पनि त्यसलाई बेवास्ता गर्दा ठूलो जनधनको क्षति हुन सक्ने उनको भनाइ थियो ।

उनले विपद् प्रभावित क्षेत्रबाट केही पर रहेका र बाढी आउनुअघि आधा घण्टा वा एक घण्टाको समय पाएका मानिसले समेत सूचनालाई गम्भीरतापूर्वक नलिएको प्रसंग उठाए । सूचना प्राप्त हुनु मात्रै पर्याप्त नभई त्यसलाई सुन्ने, बुझ्ने र व्यवहारमा लागू गर्ने चेतना आवश्यक रहेको उनले बताए । ‘यही नै जागृति हो,’ उनले सम्बोधनका क्रममा भने ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन