मंसिर पहिलो सातादेखि धान खरिद गर्दै खाद्य कम्पनी
लोक कल्याणकारी विज्ञापन

टीकापुर, २१ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले मंसिरको पहिलो सातादेखि किसानको धान खरिद गर्ने भएको छ । कम्पनीले यस वर्ष बर्दियाका आठवटै पालिकाबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका राजापुर प्रमुख कमलराज पाण्डेका अनुसार यस वर्ष पनि गत वर्षकै परिमाणमा धान खरिद गर्न अनुमति प्राप्त भएको छ । सरकारले बर्दिया जिल्लाका लागि ३० हजार क्विन्टल धान खरिदको स्वीकृति दिएको उनले बताए ।
लोक कल्याणकारी विज्ञापन

धान पाकेर भित्र्याउने तयारीमा रहेका किसानलाई कम्पनीले खरिद प्रक्रिया सुरु गर्ने भएपछि राहत पुग्ने अपेक्षा गरिएको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन

