घटना

धनगढीका १३ बर्षिय बालक विद्यालयबाट बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाबाट एक बालक हिजो आईतबार बेपत्ता भएका थिए । क्याम्पस रोडमा रहेको ऐरिस्टो विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षका मिलन ऐर बेपत्ता भएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

आइतबार विद्यालय गएका उनी साँझसम्म घर नफर्केपछि आजसम्म भौतारिदै आफ्नो
छोराको खोजी गरिरहेको बुवा रमेश ऐरले बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

उनले प्रहरी, आफन्त र छोराका सबै साथीहरुलाई जानकारी गराएको बताए । फेला पार्ने अथवा छोराको बारेमा कुनै जानकारी भएमा फोन नम्बर ९८४८७४०७०० मा सम्पर्क गर्न वा प्रहरीमा खबर गर्न ऐरले आग्रह गरेका छन् ।

बिज्ञापन

छोरा अहिलेसम्म फ्ला नपरेकोले उनका बुवा विभिन्न वस्ति, जंगलमा भौतारिदै खोजिरहनु परकोछ । उनको छोरा खोज्नुमा प्रहरीले पनि चासो नदेखाएको कारण उनी निकै दुःखीत भएका छन् ।

साथै बालकका बुवाले बिद्यालय प्रशासनलाई आफुहरु बालकलाई लिन नआउँदासम्म बाहिर निस्कन नदिनुहोला भन्दा पनि छोरालाई बिद्यालयले वेवास्ता गर्दै बाहिर छोडेको दुखेसो पोखेका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन