राजनीति

काँग्रेस प्रदेश उप सभापति सहित तुर्माखादमा ५० जना एमालेमा प्रवेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । अछामको तुर्माखाद गाउँपालिका नेपाली काँग्रेसका प्रदेश (क) का उपसभापति वडा न ४ का वडा सभापति सहित ५० जना क्रियाशील सदस्यहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टीको जिल्ला नेतृत्वले टिकट वितरणमा कार्यकर्ता तथा जनताको भावना विपरीत आफ्नै ढङ्गले वितरण गरेपछि आजका दिन देखी नेपाली काँग्रेसको कुनैपन पदमा नरहने भन्दै संयुक्त रूपमा राजीनामा समेत दिएका छन् ।

बिज्ञापन

नेपाली काँग्रेस पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताहरू आजै एमाले तुर्माखाद गाउँकमीटीले आयोजना गरेको कार्यक्रममा प्रवेश गरेका नेकपा एमाले अछामका उपसचिव तथा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर बिसीले जानकारी दिनुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय प्रदेश (क)का उपसभापति कर्ण बहादुर बयक, पूर्व जिल्ला कार्यसमिति सदस्य डिल बहादुर बयक, पूर्व गाउँपालिका संयोजक टेक बहादुर बयक, तुर्माखाद गाउँपालिका वडा न ४ का वडा सभापति चक्र बहादुर बयक, खडक बहादुर बुढा, उज्ज्वल बयक, गोकर्ण बिसी, सरस्वती बयक,शेर बहादुर बुढा, लगायतका ५० जना प्रवेश गरेका बताइएको छ ।

पार्टी प्रवेश गरेका नेताहरूले नेपाली काँग्रेसबाट पालिकाको विकास सम्भव नभएको र पार्टी भित्र व्यापक रूपमा विकृति, विसङ्गति मौलाएको भन्दै अबका मितिबाट एमाले बाट सक्या राजनीति गर्ने प्रतिबद्धता जनाएका छन् ।

अहिले देशभर नेकपा एमालेमा देखिएको प्रवेशको लहरलेपनि आफुहरु हौसिएको प्रवेशी नेताहरूको भनाई छ ।

नेकपा एमाले तुर्माखाद गाउँपालिकाले नेपाली काँग्रेस परित्यागरि नेकपा एमालेमा प्रवेश भएका अगुवा नेताहरू सँगै करिब ३ सय भन्दा बढी मतदाता एमालेमा थपिएको दाबी गरेको छ ।

यो प्रवेशले तुर्माखाद गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित गरेको नेकपा एमाले तुर्माखाद गाउँपालिका अध्यक्ष गौमती शाहीले बताउनुभयो ।

एकै पटक ५० जना बढी अगुवा नेताहरू एमालेमा प्रवेश गरेपछि तुर्माखाद गाउँपालिकामा नेपाली काँग्रेसलाई ठुलो धक्का लगेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।