अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

अछाम । अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर बिसी विजयी हुनुभएको छ ।
उहाँले ३ हजार ५२३ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत प्राप्त गरेर पराजित हुनुभएको छ । तेस्रो स्थानमा रहनुभएका माओवादी केन्द्रका मन बहादुर वयकले ३ हजार ९१ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेकै विमलाकुमारी शाही विजयी हुनुभएको छ । उहाँले ३ हजार ५०१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी कांग्रेसकी अनुजाकुमारी सिंजापतीले ३ हजार ४५२ मत प्राप्त गर्नुभएको हो । तेस्रो स्थानमा रहनुभएकी राप्रपाकी धर्माकुमारी बुढाले ३८ मत प्राप्त गर्नुभएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
