स्थानीय चुनावको

अधिकृतको जागिर छाडेर मेयर बन्न उम्मेदवारी दिएका गिरिको जमानत नै जफत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काभ्रेका कञ्चन गिरिले स्थानीय तह निर्वाचन अघि विद्युत प्राधिकरणको हुँदाखाँदाको जागिर छाडिदिए । उनले अधिकृतस्तरको सरकारी जागिर छाड्नुको एकमात्रै कारण थियो–बनेपाको मेयर चुनाव लड्ने ।

जागिरबाट राजीनामा दिएर बनेपाको मेयरमा उम्मेदवारी दिएका उनको यतिबेला न जागिर रह्यो न त मेयर नै जित्ने अवस्था बन्यो । बरु उनको चुनावमा जमानत नै जफत हुनेगरी नतिजा आयो । बिहीबार बिहान सार्वजनिक मतपरिणाम अनुसार उनले मात्रै १४८ मत पाए । जहाँ काँग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मतका साथ विजय हासिल गरे भने एमालेका रत्नकुश रंजितकारले ११ हजार ८३५ मत पाएर पराजय भोगे ।

बिज्ञापन

यस्तै तेस्रो स्थानमा राप्रपाका रेमण्ड कर्माचार्यले ८७६ मत पाउँदा गिरि चौथो स्थानमा रहेपनि मात्रै १४८ मत मात्र पाए । उसो त सो पालिकामा राप्रपासहित साना पार्टी र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत हुन पुगेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।