स्थानीय चुनावको

सुदूरपश्चिमका ७६ पालिकाको मतगणना सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी : स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रस्थानमा रहेको छ। उक्त पार्टीले ३४ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २३ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १३ पालिकामा प्रमुख जितेको छ।
प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित निकाल्दा एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। अब प्रदेशका एक उपमहानगरपालिका, एक गाउँपालिका र १० नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन