कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

धनगढी: कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका–१ बस्ने २५ वर्षीय जिवन चौधरी, गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय धर्म चन्दर तथा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र भजनी नगरपालिका–३ बस्ने २८ वर्षीय सुकमेन्द्र सिंह रहेका छन्।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

