घटना

एम्बुलेन्स दुर्घटना ३ दिने शिशुको मृत्यु, तिन जना घाईते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बेलौरी । कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ दिने शिशुको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको ३ दिने शिशुको मृत्यु भएको हो। 

दुर्घटनामा परी अनिता सहित २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायब निरीक्षक रमेशसिंह बुढाथोकीले बताए। अनिताले ३ दिनअघि धनगढीको सेती प्रादेशिक अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। उनी कुरुवासँगै तिन जना घर फर्कदै गरेको प्रहरीले जनाएको छ। घाइतेहरुको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

बिज्ञापन

एम्बुलेन्स अनियन्त्रित भएर एक घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ। एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा लिएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।