अनौठोघटनाबिश्व

जापानी पुर्ब प्रधानमन्त्री आबेका हत्यारा पक्राउ.

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :जापानका पुर्ब प्रधानमन्त्री सिन्जो आबे माथी गोलि प्रहार गर्ने उनका हत्यारा ४२ बर्षिय तेत्सुया यामागामी लाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान थालेको छ।
नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो ।

उनको छातीमा गोली लागेको थियो । तत्काल एम्बुलेन्समा राखेर लगिएपनि उपचारको क्रममा आबेको निधन भएको जापानी संचार माध्यम ले जनाएको छ। आबे नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचार गर्दै भाषण गर्ने क्रममा उनको छातीमा दुइटा गोलि प्रहार भएको थियो गोलि प्रहार पछि आबे ढलेका थिए ।

बिज्ञापन

जापानी संचार माध्यम एनएचकेले दिएको जानकारी अनुसार आबेलाई अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गए ।
सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका आबे को उमेर ६७बर्ष मात्रै रहेको जापानी संचारले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।