राजनीति

प्रचण्ड भारत भ्रमणमा जानुअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जानुअघि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी बैठकमा प्रचण्डको भारत भ्रमणलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजै भारत भ्रमणमा जाँदै छन् । सरकार प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन घोषणाको तयारीमा रहेका बेला हुन लागेको प्रचण्डको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ । 

बिज्ञापन

त्यस्तै, बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल हुने एक नेताले जानकारी दिए । सरकारले शुक्रवार बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेश गर्ने तयारी गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।