हर्क साम्पाङसँग भेट्दै रविले राखे सहकार्यको प्रस्ताव
लोक कल्याणकारी विज्ञापन

धरान । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङसँग शुक्रवार भेटवार्ता गरेका छन् ।
लोक कल्याणकारी विज्ञापन

मेयर साम्पाङको कार्यालयमा भएको भेटमा लामिछानेले सहकार्यको प्रस्ताव पनि राखेका छन् ।
लोक कल्याणकारी विज्ञापन

‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको । मलाई पनि श्रमदानमा सहभागी हुने मन थियो तर, सकिएछ,’ लामिछानेलाई उद्धृत गर्दै दीपक बोहोराले फेसबुकमा लेखेका छन्, ‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ ।’
बिज्ञापन

साम्पाङ स्वतन्त्र रुपमा धरानको मेयरमा निर्वाचित भएका हुन् ।
लामिछानेले पनि केही समयअघि मात्रै पार्टी दर्ता गरेका हुन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

