मुम्बईमा कोरोना संक्रमण आसंकित नेपालीको मृत्यु

पुर्ण कुमाल
मुम्बई १९ जेठ
मुम्बईमा कोरोना संक्रमण आसंकित नेपालीको मृत्यु भएको छ।
सुदुर पश्चिम प्रदेश कैलाली जिल्ला घनगडी नगरपालिका मनेहरा स्थाइ घर भएका विगत ६ बर्ष देखी भारतको महाराष्ट्र राज्यको मुम्बई सान्ताक्रुज स्थित गोपाल कृष्ण होटलमा काम गर्दै आएका बर्ष ५४ का मीन प्रसाद प्रसाद खनालको आइतबार निधन भएको हो ।

केहि दिन पहिला मुम्बईको कुपर अस्पतालमा उपचारत रहेका खनालको निधन पछी अस्पतालले कोरोना संक्रमणको आसंका रहेको मृत्यु प्रमाणमा उल्लेख गरेको छ।

कोरोना संक्रमण भए नभएको रिपोर्ट बिहीबार सम्म आउने अस्पताल स्रोतले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
