विज्ञापन

माघ ,१८
सोलुखुम्बुस्थित नेचा सल्यान गाउँपालिका-२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको मृत्यु भएको छ ।
आगलागी बाट मृत्यु हुने टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नातिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताएको छ ।
विज्ञापन

स्थानीय टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरूको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ।
माथिल्लोको तलामा घाँसलगायतका थुप्रै सामग्री राखिएको बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
बालक र बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
विज्ञापन

अन्य समाचारहरु
प्रहरीको गोली प्रहारबाट उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु
सहिदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
धनुषामा थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार