बिश्व

ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प

बिज्ञापन

ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। स्थानीय समयअनुसार आज बिहान साढे ५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। 

बिज्ञापन

अफगानिस्तान–चीन सीमा क्षेत्रमा पर्ने गोर्नो–बदख्सान प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको क्षतिको विवरण आइसकेको छैन। 

यसअघि चिनियाँ भूकम्प नेटवर्क सेन्टरले ७ दशमलब २ म्याग्नीच्युड मापन भएको बताएको थियो। अमेरिकी जिओलोजिकल सर्वेले ६.८ म्याग्निच्युड मापन गरेको हो।

भूकम्पको धक्का चीन र अफगानिस्तानमा समेत महशुस भएको छ। भूकम्पको २० मिनेटपछि ५ म्याग्निच्युडको परकम्प गएको छ। यसैबीच टर्की–सीरिया भूकम्पमा मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ। फेब्रुअरी ६ का दिन गएको शक्तिशाली भूकम्पपछि ७ हजारभन्दा बढी शक्तिशाली परकम्प गएको अधिकारीहरूले जनाएका छन्। 

बिहान टर्कीमा ६ दशमलब ३ म्याग्निच्युडको परकम्प महशुस भएको छ।

बिज्ञापन