घटना समाचार

दमौलीमा आगलागी, ८० लाखको क्षति

बिज्ञापन

तनहुँ । दमौली बजारको सफा सडकस्थित न्यागिना कस्मेटिक पसलमा सोमबार राती आगलागी भएको छ ।

बिज्ञापन

विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगलागीबाट ८० लाख रुपैयाँ क्षति भएको पसलका सञ्चालक मनीषा कुमालले बताइन् ।

व्यास नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन सकिएकाले थप क्षति हुनबाट जोगिएको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन