घटना समाचार

होटलमा युवायुवती मृत अवस्थामा फेला 

बिज्ञापन

काठमाडौंः काठमाडौंको गोङ्गबुमा रहेको एक होटलमा युवायुवती मृत फेला परेका छन्। टोखा नगरपालिका–९ मा रहेको ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृत अवस्थामा फेला परेका हुन्।

बिज्ञापन

मृत फेला पर्नेमा गोरखा शहीन लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले बताए। होटलको कोठाभित्रको बाथरुममा दिनेश र कोठाभित्र मुस्कान झुन्डिएको अवस्थामा फेला परेका उनले जानकारी दिए।

बिज्ञापन