राष्ट्रिय समाचार

मृत अवस्थामा चितुवा फेला

बिज्ञापन

वालिङ, जेठ २९ गते । स्याङजाको गल्याङ नगरपालिका वडा –१ मालुङ्गामा एक चितुवा मृत अवस्थामा फेला परेको छ । टुनिबोटदेखि चौर जाने कच्ची बाटो छेउमा स्थानीयले मृत अवस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बिज्ञापन

गल्याङ र राम्दी प्रहरी चौकिबाट गएको प्रहरी टोलिले मृत चितुवालाई वन कार्यालय स्याङ्जाको जिम्मा लगाएको छ । चितुवा कसरी मर्‍यो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बिज्ञापन