राष्ट्रिय समाचार

पाँच करोडको गाडी किन्दै थिए तपस्वी बम्जन, घरमा १७ देशका पैसाको खात

बिज्ञापन

काठमाडौं । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले हिजो बुढानिलकण्ठको घरबाट पक्राउ गर्दा त्यहाँ तीन करोड रुपैयाँभन्दा बढी नगद भेटियो । ती पैसा नेपालका मात्र नभएर अन्य विभिन्न देशका थिए ।

बिज्ञापन

प्रहरीका अनुसार बम्जनको घरबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बराबरको विभिन्न देशको पैसा बरामद भएको छ । त्यसमध्ये नेपाली रुपैयाँ ३ करोड ४ लाख जति थियो । त्यसपछि अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिीया युआन ५ लाख भन्दा बढीको रहेकाे छ ।

यसैगरि अष्ट्रेलियन डर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् ।

प्रहरीले बमजनको साथबाट बरामद भएको स्वदेशी तथा विदेशी मुद्राका विषयमा पनि छुट्टै अनुसन्धान हुने जनाएको छ ।

५ करोडको ल्यान्ड क्रुजर चढ्ने तयारी

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामबहादुर बमजन चढ्ने गाडी र मोटरसाइकल पनि बरामद गरेको छ । ती गाडी र मोटरसाइकल विभिन्न व्यक्तीका नाममा रहेका छन् ।

प्रहरीका अनुसार बमजन ५ करोडको ल्यान्ड क्रुजर चढ्ने तयारीमा थिए । त्यसका लागि धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिमा ३ करोड रुपैयाँ नगदै भुक्तानी गरी खरिद प्रकृयामा रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

प्रहरीले बमजनका लागि हाल प्रयोगमा रहेको टोयटा फर्च्युनर बरामद गरेको छ । यस्तै क्रस फायर, केटिएम डुक, यमाहा रे जेआर स्कुटरलगायत पनि बरामद गरेको छ ।

बिज्ञापन