राष्ट्रिय समाचार

तपस्वी बम्जनलाई आफूहरूको जिम्मा लगाउन भन्दै समर्थक लिएर सीआईबी पुगिन् पूर्वमन्त्री

बिज्ञापन

काठमाडौं । मंगलबार पक्राउ परेका तपस्बी रामबहादुर बम्जनलाई प्रहरीले सर्लाही लैजाने तयारी गरेको छ । पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेर सीआईबीले दिउँसो बम्जनविरुद्ध मुद्दा चलिरहेको सर्लाहीमा आवश्यक कारबाही प्रक्रियाका लागि लैजान लागेको हो ।

बिज्ञापन

यसैबीच, पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजाने भन्दै महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी छन् । रामबहादुर आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत उनले प्रहरी अधिकारीसँग माग गरेकी छन् ।

तर, सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी गराउन आज दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको जानकारी दिए ।

बिहानैदेखि सीआईबीमा बम्जनका समर्थक भेला भएका छन् । बम्जनले कानूनलाई सम्मान गर्ने भन्दै समर्थकलाई उत्तेजक नहुन आग्रह गरेको बताइएको छ ।

बलात्कार, हत्या, बेपत्ता पारेकोलगायतका आरोपमा बमजनविरुद्ध प्रहरीमा उजुरी छ । हिजो परिवार भेट्न आउँदा उनी बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

बिज्ञापन