बिश्व

भारतको हाथरसमा सामूहिक बलात्कृत पीडितको मृत्यु

बिज्ञापन

पूर्ण कुमाल

बिज्ञापन

हाथरस, ३० सेप्टेम्बर । भारतको हाथरसमा गैंगरेप पीडितको हिजो मंगलबारका दिन मृत्यु भएको छ । गत १४ सेप्टेम्बरका दिन आफ्नी आमा र भाइसंग खेतमा घाँस काट्न गएको बेला उनको सामूहिक बलात्कार भएको थियो । भाइले आफ्नो घाँसको भारी पुगिसकेपछि उनी घरतर्फ लागे भने उनकी आमा र बहिनी भारी नपुगेकोले खेतमा घाँस काट्दै थिए ।

पीडिता आफ्नो आमाको करिब १० मिटर पर पछाडितिर काटीएको घाँसलाई एकत्रित गरिरहेकी थिईन । त्यसै समयमा पछाडिबाट चार जना केटाहरु आएर उनको गलामा रहेको दुपट्टालाई गला र मुखमा बाँधेर मकैबारीतिर घिसारेर ल्याए र पालैपालो सामूहिक बलात्कार गरे । बलात्कार गर्दा उनीहरुले त्यस पीडिताको घाटीको पडाडिको हड्डी, कम्मरको मेरुडण्डको हड्डी भाँच्नुको साथै जिब्रो पनि काटी दिएका थिए । पछि उनकी आमाले छोरी कहाँ गईभनेर खोजबिन गर्दा मकैबारीको बीचमा उनलाई बेहोस अवस्थामा फेला पारेकी थिईन ।

बलात्कार भएको कुरा गाउँभरि फैलिएपछि उनलाई स्थानीय अस्पतालमा उपचारको लागि भर्ती गरियो तर उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि स्थानीय सरकारले उपचारको लागि दिल्लीको सफदरजंग अस्पतालमा पठायो । उनको अवस्था निकै दयनिय भएकोले डाक्टरले उनको तुरुन्त उपचार आरम्भ गरे तर उनलाई बचाउन भने सकेनन् र उनको मंगलबारका दिन मृत्यु भयो ।

मृतकका आफन्तहरुका अनुुुसार स्थानीय प्रहरीले उनको रिपोर्ट समयमा दर्ता गर्न नमानेको र यसलाई सामान्य रुपमा लिएर यो आपसी रिसीबीको कारण भएको बताएको थियो तर पछि जनदबाबको कारण प्रहरीले रिपोर्ट दर्ता गरेको थियो । रिपार्ट दर्ता गरिएको भोलिपल्ट प्रहरीले एक आरोपीलाई पक्राउ गर्न सफल भएको थियो । आरम्भमा घट्नालाई सामान्य रुपमा लिइएको थियो तर पछि चौतर्फि आलोचना हुन थालेपछि प्रहरीले २२ सेप्टेम्बरका दिन पीडिताको पुनः बयान लिएर बलात्कारको मुद्दा दर्ता गरेर अगाडि बढाएको थियो ।

यूपी प्रहरीका डी.जी.पी. का अनुसार अहिलेसम्म प्रहरीले ती चारै जना आरापीलाई पक्राउ गरेर उनीहरुमाथि बलात्कारको केस चलाएर मुद्दालाई फास्ट ट्रेक कोर्टमा लिएर जाने बताएका छन् ।
यता एक दलित केटीमाथि भएको सामूहिक बलात्कारको घट्नालाई लिएर बलीवुड स्टारहरुमा पनि आक्रोश देखिएको छ । अक्षय कुमार, रितेश देशमुख, फरहान अख्तर र उर्मिला लगाएत अनेकौं सेलिब्रेटीहरुले घट्नालाई लिएर सोशल मीडियामा आफ्नो आक्रोश व्यक्त गरेका छन्।

नायक अक्षय कुमारले एक ट्वीटमा लेखेका छन्– ‘मलाई यो घट्ना सुनेर निकै रिस लाग्नुको साथै यस घट्नाले मलाई निकै दुःखी तुल्याएको छ । हाथरसमा भएको सामूहिक बलात्कार मानविय जगतमा एक क्रुर घट्नाको उदाहरण हो । यस्ता घट्नाहरुको आखिर कहिलेसम्म अन्त्य हुनेछ ? हाम्रो कानून र त्यसलाई लागु गर्नेहरुलाई अब कठोर बन्नु पर्ने अवस्था आएको छ । कानून यस्तो हुनु परयोकि जसलाई सुनेर पनि बलात्कारी थरथर काप्न थालोस । दोषिहरुलाई तुरुन्त फाँसी दिनुपर्दछ ।’

अक्षय कुमार जस्तै अनेकौ राजनेता, क्रिकेटर, समाज सेवक, लेखक, किसान आदिले यस घट्नाको घोरभत्र्सना गरेका छन् र दोषीलाई चाँडोभन्दा चाँडो फाँसीको सजाय दिनुपर्ने माँग गरेका छन् ।

स्मरण रहोस उक्त सामूहिक रुपमा बलात्कृत भएर मृत्यु भएकी केटीलाई हिजो मंगलबार दिल्लीको सफदरजंग अस्पतालबाट हाथरसमा ल्याएर अबेरराति यूपी प्रहरीले उनको गाउँमा अन्तिम दाहासंस्कार गरेको छ । तर उनको अन्तिम दाहासंस्कार घरपरिवारको अनुमति बिना नै गरिएको आरोप उनीहरुका आफन्तहरुले लगाएका छन् । उनीहरु मृतकको अन्तिम दाहासंस्कार आज बुधबारका दिन सबै गाउँले मिलेर गर्ने सल्लाह गरेका थिए । मृतकको अन्तिम दाहासंस्कार हुँदा मृतकको मुख समेत हेर्न नदिएरको उनीहरुले प्रहरीमाथि आरोप लगाएका छन् ।

बिज्ञापन

Leave a Reply