राजनीति

अन्ततः जसपा गर्ने भयो सरकारलाई समर्थन

बिज्ञापन

काठमाडौ अन्ततः जनता समाजवादी पार्टी (जसपा)केपी शर्मा ओली सरकारलाई नै समर्थन गर्ने पक्षमा खडा भएको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पी शर्मा् ओली र जसपाका अग्रज नेताहरुमाझ मंगलबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो वार्तामा एमालेसँग सहकार्यगर्न जसपा तयार रहेको बताएको छ ।
उक्त कुराको लागी आफ्ना केहि माग हरु रहेको र त्यो पुरा हुने भए एमाले संग सहकार्य गर्ने जसपाको नेतृत्वले बताएको छ ।

पार्टीका नेता लक्ष्मणलाल कर्णका अनुसार भेटवार्ताका क्रममा आफुहरुका पुरानै मुद्दाका विषयमा छलफल भएको छ ।
संविधानमा असहमति रहेका केहि बुदा हरु सहित ‘संविधान संशोधन र रेशम चौधरीको रिहाइ लगायतका पुराना मागमा प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ, र माग उहाँले माग पूरा गरिदिन सकारात्मक रहेको कर्णले भन्नुभयो ।
त्यो पूरा हुनासाथ आफ्नो पार्टी सत्ता साझेदारीका लागि एमालेसँग सहकार्य गर्ने कुरा आफूहरुले प्रधानमन्त्री समक्ष राखेको कर्णले बताउनुभयो ।

‘हामीले प्रधानमन्त्रीलाई भनेका छौं तपाईं ति काम गर्नुस्, समर्थनका लागि हामी तयारी अवस्थामा छौं’-कर्णको रहेको छ ।
साथै जसपा अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला लगायतका नेताहरु बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्री ओली र एमालेले बनाएको कार्यदलसँग जसपाका नेताहरुले एसअघि पनि विभिन्न चरणमा छलफल गरिसकेका छन् ।
तर बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत नेताहरुले भने सरकारसँग सहकार्य गर्न नसकिने विचार व्याक्त गर्दै आउनु भएको छ ।

बिज्ञापन

Leave a Reply