August 9, 2022

मालिका समाचार

देशकाे ऐना

मुम्बईमा नेपालीले नेपालीलाई चक्कु प्रहार

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

मुम्बई । भारतको आर्थिक राजधानी भनिने मुम्बईमा एक जना नेपालीले नेपालीलाई चक्कु प्रहार गरेका छन् । स्थाई घर बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.–३ बस्ने रवि बोहरालाई सोही नगरपालिका वडा नं.–५ बस्ने हर्क लुहारले चाक्कु प्रहार गरेर घाईते बनाएको कुरा मुम्बई स्थित हाम्रा सम्वादाताले बताएका छन् । उपचारको लागि घाईतेलाई अहिले मुम्बईको साईन हस्पिटलमा राखिएको छ । उपचार गर्न ठुलो धनराशीको खाँचो भएकोले उनको आर्थिक अवस्था पनि निकै दयनिय भएकोले सम्पूर्ण प्रवासी नेपालीलाई सहयोगको अपिल गरेका छन् । सहयोग गर्न ईच्छुक व्यक्तिले शंकर विष्ट– ९६२१८८७८०१ र हिमाल परियार–९३७२८३३८११ मा सम्र्पक गर्न सक्नुहुने छ ।

विज्ञापन


चक्कु के कारणले प्रहार गरिएको हो भन्ने कुरा स्पष्ट हुन सकेको छैन र चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर आफ्नो नियन्त्रणमा लिएको छ ।

विज्ञापन