राजनीति

रामचन्द्र पौडेलले बोलाए जिल्ला सभापतिको भेला

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूलाई बोलाएका छन् । शुक्रबार बिहान ९ बजे काठमाडौंमा हुने गरी भेला बोलाइएको हो ।

बिज्ञापन

१४औँ महाधिवेशनको प्रक्रियामा सहभागी नभएपछि गुटगत भेलामा सहभागी नभएका पौडेलले महाधिवेशनको चार महिनापछि जिल्ला सभापतिहरूलाई डाकेका हुन् ।

संस्थापनइतर पक्षका नेता पौडेल सभापतिमा आफ्नै गुटका नेताहरूले अघि नसारेपछि महाधिवेशनको प्रक्रियामा सहभागी नहुने बताएर घरमै बसेका थिए । त्यसयता संस्थापनइतर पक्षको भेलामा पौडेल बोलाइँदैनन् र सहभागी हुँदैनन् ।

बिज्ञापन