टीकापुर

टीकापुरमा साहित्य महोत्सवको आयोजना हुने

बिज्ञापन

टीकापुर, ५ चैत्र । टीकापुरमा साहित्य महोत्सवको आयोजना हुने भएको छ ।

बिज्ञापन

टीकापुर साहित्य समाजको आयोजनामा आगामी चैत २५ देखि २७ सम्म टीकापुरमा “टिकापुर साहित्य महोत्सव – साहित्यमार्फत सामाजिक सदभाब “हुने भएको छ ।

समाजले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कैलालीको टीकापुरमा नेपाली तथा स्थानीय भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, शिक्षा, अर्थ र राजनीतिजस्ता समाज विकासका विभिन्न पक्षहरूमाथि सिर्जनात्मक छलफल गर्न महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा नेपाली भाषा, साहित्यका साथै सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन, इतिहास, दर्शन, पुरातत्व, सम्पदा र सामाजिक विकासका समग्र पक्षबारे हरेक दिन सातवटा गरी महोत्सव अवधिभर २१ वटा सत्रहरू सञ्चालन हुनेछन् । महोत्सवको पहिलो दिन लेखक सीके लालले ‘साहित्यमार्फत सामाजिक सद्भाव’ शीर्षकमाथि विद्वत प्रवचन दिनेछन् ।

उक्त कार्यक्रममा साहित्य, कला, संस्कृति, राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, विकास–निर्माण, दर्शन, इतिहास, पत्रकारिता र सामाजिक क्षेत्रका ७५ जना वक्ता रहनेछन् । महोत्सवका तीनै दिन गजलसन्ध्या, काव्यसन्ध्या, सङ्गीतसन्ध्या सञ्चालन गरिने भएको छ। उपस्थितिको लागि सबै जनालाई अनुरोध गरिएको छ ।

बिज्ञापन