March 22, 2023

मालिका समाचार

देशकाे ऐना

साउदीमा अलपत्र परेका नेपाली बाथरुमको पनि खान बाध्य

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

दोहा– रोजगारीका लागि साउदी अरब पुगेका १४५ नेपाली युवा अलपत्र परेका छन् । सम्झौता अनुसारको काम र तलब नपाएको र आफूलाई एउटा काम भनेर साउदी पठाएको तर यहाँ आएपछि अर्कै काम गर्नु परेको उनीहरुले बताएका छन् ।

काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ४० दिनअघि इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनी पुगेका उनीहरु रियाद एक नम्बर सुलाईमा अलपत्र परेका हुन् ।
आइतबार साँझ एक भिडियो सन्देश सार्वजनिक गर्दै उनीहरुले सम्झौता अनुसारको काम र तलब दिलाउन नसके आफूहरुलाई नेपाल फर्काउन र फसेको पैसा फिर्ता गर्न माग गरेका छन् ।

विज्ञापन

‘मेनपावरले भनेर हिजो एक महिना काम गरेको तलव लिन अफिस गरेका थियौ, हामी पाउनुपर्ने तलव १४ सय साउदी रियाल हो । तर, सात सय रियाल मात्र दिन्छौ भनेको थियो । त्यो पनि दिएन, उनीहरुले भने, ‘मेनपावरलाई फोन गर्दा हामी समस्या समाधान गर्छौ मात्र भन्छ । तर, अहिलेसम्म यत्रो हारगुहार गर्दा पनि केही गरेको छैन ।’

अहिले आफूहरुसँग बस्ने ठाउँ मात्र भएको र खानाको पनि समस्या भएको उनीहरुको भनाइ छ । बाथरुमको पानी पिउन बाध्य भएको उनीहरुले बताएका छन् । म्यानपावर कम्पनीले साउदी आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको तर, त्यहाँ पुगेपछि बेल्चा र झाडु बोकाएर सडकमा सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका छन् ।

ब्लु ग्यालेक्सीका रमेश अमगाइन र श्याम हरि अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएको सोनाहाङ्ग राईले जानकारी दिए। ‘घरबाट सयकडा ३ रुपैयाँको ब्याजमा ऋण काढेर राम्रो कमाई हुने आसमा यहाँ आएका थियौँ, यहाँ आएर न सम्झौता अनुसारको काम पाइयो न त दाम नै’, सोनाहाङ्ग भने, ‘अब कसरी ऋण तिर्ने हो ?’
पटक–पटक जानकारी गराउँदासमेत कुनै वास्ता नगरेको म्यानपावर कम्पनीले पछिल्लो समय त फोन नउठाउने र नम्बर ब्लक लिस्टमा राखिदिएको छ’, उनले भने । सम्झौता पत्रमा १ हजार लेखिएको भए पनि म्यानपावरले १ हजार ४ सय साउदी रियाल दिन्छ भनेको उनको भनाइ छ। ‘हामीले सम्झौता पत्रमा पनि सिग्नेचर गरेनौँ म्यानपावर आफैँले गरिदिएको हो,’सोनाहाङ्ग थपे ।

अहिले काम बन्द गरेर सबै जना केही दिनदेखि कोठामै बसिरहेको उनीहरूले बताएका छन् । रियादस्थित नेपाली दूतावासलाई समस्या बारे जानकारी गराए पनि कुनै पहल नगरेको उनीहरुले गुनासो गरेका छन् ।