राष्ट्रिय समाचार

एसईई आउँदो शुक्रवारदेखि : परीक्षाको तयारी अन्तिम चरणमा

बिज्ञापन

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ ।

बिज्ञापन

यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ ।

७ वटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । नियमित तालिका अनुसार चैतमा एसईई हुँदै आएको थियो ।

बिज्ञापन