August 11, 2022

मालिका समाचार

देशकाे ऐना

पैसा कहाँ हराएको छ ? खोज्दै छु : अर्थमन्त्री शर्मा

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजारमा पैसा निष्कृय भएर बसेको बताएका छन् । नागरिक लगानी कोषको ३२औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

विज्ञापन

उनले हाल दुई किसिमले पुँजी हराइरहेको बताएका छन् । एउटा, विभिन्न प्रविधिहरूको दुरुपयोग र अर्को बजारबाटै हराएको बताउँदै उनले त्यसको खोजीको क्रममा आफू लागेको उनले बताए ।
पुँजी कतै हराइरहेको छ, दुई किसिमले हराएको मैले पाएको छु, एउटा विभिन्न प्रविधिहरूको दुरुपयोगबाट र अर्को बजारबाट, बजारबाट पैसा कहाँ हराएको छ, म खोज्दै छु, कतै सिरानी मुनी र ओछ्यानमुनि त बन्द भएको छैन, त्यसको खोजीमा म लागेको छु,’ मन्त्री शर्माले भने ।

विभिन्न प्रविधिहरूको दुरुपयोगबाट भएकालाई नियन्त्रण गर्ने समेत उनले बताए । साथै, हाल निष्कृय भई बसेको पुँजीतर्फ सबै नागरिकको ध्यान जानु पर्ने उनले जनाए ।

विज्ञापन