टीकापुर

टीकापुर क्षेत्रमा अधिकांश मत–पत्र बदर हुने सम्भावना

बिज्ञापन

टीकापुर, २९ बैशाख । टीकापुर क्षेत्रमा अधिकांश मतपत्र बदर हुने सम्भावना रहेको छ । मालिका समाचारले गरेको एक सर्वेक्षण अनुसार टीकापुर नगरपालिका र जानकी गाउँपालिका भित्रका अधिकांश मतदाताहरुलाई चुनावमा राम्रोसंग कसरी भोट हाल्न सकिन्छ भन्ने कुरा अझैपनि राम्रोसंग बुझ्न सकेका छैनन् ।

बिज्ञापन

मालिका समाचारले २९० जनासंग छुट्टा–छुट्टै ठाउँमा मतदाता पत्र लिएर तपाई कसरी आफ्ना प्रतिनिधिहरुको चुनाव चिन्हमा भोट हाल्नु हुन्छ भनेर सोद्धा धेरैले जसरी पहिले हालेका थियौं त्यसरी नै हाल्छौ भन्ने जवाफ दिएका थिए तर पछि हामीले उनीहरुलाई प्राक्टिकल रुपमा कसरी हाल्नु हुन्छ भन्दा कसैले मेयरको एकै लाईन माथिदेखि तलसम्म चिन्ह लगाएका थिएभने कसैले सबै उपमेयरमा मात्र चिन्ह लगाएका थिए । त्यस्तै बडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य, स्वतन्त्र उम्मेदवारको हकमा पनि सबै वडा अध्यक्षलाई छाप लगाएका थिए, कसैले वडा सदस्य दलित वा स्वतन्त्र उम्मेदवारलाई तलदेखि माथिसम्म छाप लगाएको पायौं ।

कसै–कसैले त आफूले दिने चिन्ह पनि राम्रोसंग थाह नभएको बताए । धेरै बेरसम्म आफूले दिने चुनाव चिन्हलाई खोजी राखे । हामीले यस्ता व्यक्तिहरुलाई तपाईले आफूले खोजेको चिन्ह भेटाउन किन यति समय लगाउनुभयो भन्दा उनीहरुको सिधै जवाफ थियोकि पहिले चुनाव चिन्ह थोरै थिए, आफूले खोजेको चिन्ह तुरुन्त पाईन्थ्यो तर यसपालि त मतपत्र नै धेरै ठुलो छ, चिन्हहरु पनि धेरै छन्, त्यसैले आफूले खोजे चिन्ह भेटाउन समय लागेको उनीहरुले बताए ।

कसैले मतपत्रमा छाप लगाउँदा स्वास्तिक चिन्हलाई दुबै कोठामा वा तलमाथि लगाईको पाईयो । आफूले चाहेको जनप्रतिनिधिको चुनाव चिन्हमा छाप लगाई सकेपछि मतपत्रलाई कसरी पट्याउनु हुन्छ भनेर सोद्धा कसै–कसैलाई मत्रपत्र पट्याउन पनि नआएको देखियो ।

यसरी यस पालिको स्थानीय चुनावमा मतदाताहरुलाई राम्रोसंग चुनाव चिन्हमा कसरी छाप लगाउन सकिन्छ भन्नेकुरा समय छदै राम्रोसंग प्रशिक्षण दिएको भए थोरै मत बदर हुने सम्भावन रहन्थ्यो । यस सानो सर्वेक्षणले संकेत गरे अनुसार कतै धेरै मतपत्र बदर हुने त होइन भन्ने सम्भावना रहेको देखिन्छ ।

छिमेकी राष्ट्र भारत वा अन्य देशहरुको निर्वाचन प्रकृयालाई अध्ययन गर्दा कुनै तहको निर्वाचन हुनु अगावै एक महिनादेखि चुनाव चिन्हमा कसरी भोट हाल्नु पर्छ भनेर ठाउँ–ठाउँमा शिविरहरुको आयोजना गरेर मतदाताहरुलाई प्रशिक्षण दिने गरिन्छ । नेपालले पनि यहि पाठ आउँदा निर्वाचनहरुमा सिके राम्रो हुन्थ्यो कि ?

हामीले यस सर्वेक्षणमा पढे–लेखेका, सामान्य पढे–लेखेका, अनपढ, युवा, महिला, बृद्धासंग प्रश्न सोधेर यो सानो सर्वेक्षण गरेका थियौं ।

बिज्ञापन