सहयोग तथा उदार

बिश्व ब्यापि रूपमा फैलिएकोको कोरोनाको माहामारीमा क्वारेन्टाइनमा रहेका हरुलाइ नेत्रहीन युवाले गरे सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेठ २६ कैलाली

सुदुरपश्चिम प्रदेश नेत्रहीन संघका अध्यक्ष, नेत्रहीन युवा संघका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष एवं सामाजिक अभियन्ता अर्जुन रावलले लम्किचुहा नगरपालिका वार्ड न ६ का ३ वटा बिद्यालय श्री सेती होलि ल्यान्ड बोर्डिङ स्कुल, श्री ओम न्यु स्टार पब्लिक बोर्डिङ स्कुल र श्री जनहित बाल प्रा.वि. मा बनाईएका क्वारेन्टाइनहरुमा बसिरहेकाहरुलाई खाद्यान्न लगायत सहयोग गर्नु भएको छ ।

बिज्ञापन

सहयोग सामाग्री हरुमा ६ क्यारेट अन्डा, १८ किलो चना संगै क्वारेन्टाइनमै बसिरहेका गर्भवती तथा बालबालिकाहरुलाई पोषणयुक्त खानाको अभाव न होस् भनेर प्रतिदिन साढे ८ लिटरका दरले एक हप्ता सम्म दूध प्रदान गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ ।

यो सहयोग प्रदान गर्दैगर्दा उहाँले अप्ठ्यारोमा पर्दा घर र देशलाई सम्झिदै हामी स्वदेश फर्कियौ । अब हामीले घरपरिवार, समाज सबै संगै मिलेर देशमै श्रम गर्नुपर्छ जस्ले अप्ठ्यारो र सहजता जस्तोसुकै परिस्थितिमा पनि हामी संगै रहन्छौ । अब असजिलो र अप्ठ्यारोमा देश सजिलोमा बिदेशको प्रेम देखिने चित्र दुखदायी छ जुन बदल्नुपर्छ भन्दै क्वारेन्टाइनमा रहेका हरु माझ दुई सब्द राख्नु भयो।

बिगत लामो समय देखी यस्तै विभिन्न प्रकृतिका सामाजिक सेवा गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ यो सहयोग भन्दा पनि सामाजिक चेतना र नेपाली संस्कृतिको निरन्तरता हो जुन म जिवनकाल रहेसम्म गरिरहनेछु ।

अर्जुन रावल एक सामाजिक अभियानता मात्र नभई कैलाली जिल्ला टीकापुर नगरपालिकाको घिया स्थित हिमालय मा विमा अध्यापन पनि गराइराख्नु भएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply