घटना

सिमाना बन्द हुदा पनि अबैध कारोबार सक्रिय एक लाखको सुर्ती बरामद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेठ२७ टीकापुर
बिश्व ब्यापी फैलिएको कोरोना भाइरस संक्रमणको तिब्रता लाई न्यूनीकरण गर्न सरकारले लकडाउन लगायत विभिन्न उपाय गरिएकोले दैनिक ओहोर दोहोर हुने भारत नेपालको खुला सिमाना पनि बन्द गरिएको छ संगै भारतमा कोरोना संक्रमण संगै बेरोजगारीले थला परेका प्रवासी नेपाली हरुलाइ फर्काउन सिमित नाका हरु खुल्ला गरिएकाछन कंचनपुरको गड्डा चौकी र कैलालीको त्रिशक्ति नगर नाका हरु बाट मात्रै नेपाली हरु लाई भित्र्याउने काम भैरहेको छ।


आवस्यक सावधानी र उचित प्रबन्ध मिलाइ पेट्रोलियम पदार्थ कोइला जस्ता बस्तु हरु आयात भैरहेका छ्न।यस्तो अवस्थामा पनि कैलाली जिल्ला टीकापुर नगरपालिका अन्तर गत पर्ने कालाकुन्टा बाट अबैध तरिकाले स्यामल सुर्ती ल्याउदै गरेको अवस्थामा सिमा सुरक्षा बलले मध्य रात्रि कैलालीका दुई जना लाई पक्राउ गरि सुर्ती बरामद गरेको छ।

बिज्ञापन


करिब १ लाख बराबरको सुर्ति सहित उनीहरुलाई पक्राउ गरि खक्रौला भन्सारलाई बुझाईएको शसस्त्र प्रहरी बल बिओपी खक्रौलाका इन्चार्ज चन्द्रदेव भट्टले जानकारी दिनु भयो ।

पक्राउ पर्ने हरुमा टीकापुर नगरपालिकाको वार्ड नं.९ बौनिया बस्ने ४४ वर्षका लालबहादुर दहित र सोही वार्डको झुँगा बस्ने ३० वर्षका दिनेश डगौरा रहेका छन । उनीहरु राती सीमा सुरक्षा बललाई छलेर सामान ल्याउन लागेका बेला पक्राउ परेका हुन ।

सुर्तीजन्य पदार्थको मुल्यमा कालोबजारी गरि चर्को मुल्यमा बिक्री हुने भए पछि यसरी लकडाउन ,कोरोना र बन्द सिमानाको प्रवाह नगरी रात्रिको १ बजे यसरी सुर्ती ल्याउने गरेको भेटिएको छ।

बजारमा खुद्रा मुल्य ५ रुपैयामा पाईने भारतिय उत्पादित स्यामल सुर्ती अहिले प्रति प्याकेट ५० रुपैयामा बिक्री हुने गरेको छ । सो सुर्ती भारतबाट नै अबैधरुपमा आयात भैरहेको यस अघि विभिन्न सञ्चारमा आएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply