प्रवाससहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

क्वारेन्टाइनमा पनि छैटौं अन्तर्राष्ट्रिय योग दिवस मनाउने पतंजली योग समिति नेपालले निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असार २ टीकापुर

पतंजली योग समिति नेपालले छैटौं अन्तर्राष्ट्रिय योग दिवस मनाउने जनजागरण अभियान चलाएको छ।

बिज्ञापन


योग जनजागरण अभियान गर्दै टीकापुर पुगेका पतंजली योग समिति नेपालका नेपाल प्रमुख लवदेव मिस्रको टोलि मंगलबार कैलालीको टीकापुर पुगि पतंजली योग समिति टीकापुरका पदाअधिकारी बीच छलफल गर्दै बिश्व ब्यापी फैलिएको कोरोना भाइरस र सरकारले निर्देशन गरेका मापदण्ड हरु पालना गर्दै पतंजली योग समिति नेपालले ७ ओटै प्रदेश ७७ ओटै जिल्ला सहित सबै स्थानीय तहमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको जानकारी गराउनु भयो ।साथै सामाजिक दुरि कायम गर्दै हाल क्वारेन्टाइनमा पनि योग गराउने कुरा जानकारी दिनु भयो ।


टीकापुर नगरपालिका वार्ड नम्बर १ ब्लक नम्बर ९को राधाकृष्ण मन्दिरमा सामाजिक दुरि कायम गरि अनौौपचारिक कार्यक्रम गर्दै उक्त कुरा बताउनु भएको हो उक्त कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष बासुदेव बजगाइले गर्नु भएको थियो भने संचालन नगर महामन्त्री छविलाल जैसी ले गर्नु भएको थियो ।

योग जनजागरण टोलिमा प्रदेश महामन्त्री देव बहादुर मल्ल प्रदेश संगठन मन्त्री बम थमन बम जिल्ला महिला अध्यक्ष शोभा ज्ञावाली ,पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश महासचिव योगेश रावल ,अन्नपूर्ण पोस्टका प्रमानन्द पाण्डे ,मालिका समाचारका प्रेम भट्टराई राष्ट्रप्रेमी, टीकापुर योग आस्रामका निबर्तमान अध्यक्ष तथा पतंजली योग शिक्षक मुक्ति नाथ रेग्मी ,जिल्ला रक्त प्रभारी पुस्कर खडका लगायत जिल्ला र नगरका जिम्मेवार योग शिक्षक उपस्थिति रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply