कोरोना संक्रमणको हल्ला फैलाएकोमा थोक ब्यापारीको आपत्ति

टीकापुर ३ असार
टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक १ मा रहेको सुमेरु इन्टरप्राइजेजका प्रोप्राइटर कृष्ण ज्ञवालि र त्रीशक्ती इन्टरप्राइजेजका प्रोप्राइटर उहाँका दाजु इश्वरि प्रसाद ज्ञवाली लाई कोरोना पोजेटिभ भएको भनी बजारमा हल्ला फैलाएकोमा आपत्ति जनाएका हुन।

बिश्व स्वास्थ संगठन (WHO) ले कोभिड १९ सम्बन्धि मापदण्डमा कोरोना संक्रमण रहेको ब्याक्ति हरुको समेत नाम फोटो सार्वजनिक गर्न नमिल्ने रहेको भएपनि आफू हरु लाई कोरोनाको कुनै लक्षण नदेखिएको कुनै टेस्ट नगरेको भएतापनी बजारमा मौखिक हल्ला फैलिएकोमा यस्तो हल्ला फैलाउने हरुको उदेश्य व्यापार प्रतिस्पर्धामा आफू अगाडि बढ्ने रहेको हुन सक्ने ज्ञवाली दाजुभाइ ले बताए ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
