अवर्गीकृत

नागरिकता छैन भनी मिडियामा आएका पर्जे लुहारको वास्तविकता..

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

श्रावण १३टीकापुर
टीकापुर नगरपालिका वार्ड नम्बर २ बस्ने पर्जे लुहार (विश्वकर्मा )केहि दिन पहिला मालिका समाचारमा आफ्नो नागरिकता नभएको भन्दै लाइभमा बोलेका थिए । तर उहाँ संग नागरिकता भेटीएको छ। तर उनको वास्तविक उमेर भन्दा ३देखि ४बर्ष घटाएर राखेको भेटीएको छ।
युवा रहदा दाउरा चिरेर दैनिकी चलाउने गरेका पर्जे लुहार सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा पाउन बाट बन्चित भएका छ्न ।


सरकारले तोकेको दलितको हकमा ६० बर्ष उमेर बाट सामाजिक सुरक्षा भत्ता सुबिधा दिन राखेको उमेर मापदण्ड भन्दा उनको उमेर चार बर्ष धेरै भैसकेको उनलाई चिन्ने उनको संगै अध्यन गरेका उनका मित्रहरू बताउछन् ।

बिज्ञापन

यो अवस्थामा जसको कुनै स्थाइ बास छाकको वयवस्था छैन जसको वास्तविक उमेर साठी नाघिसकेको जसको आफन्त हरु कोहि छैनन् जो सुस्त मनस्थितिका छ्न त्यस्ता व्याक्तिको निम्ति सरकारले कुनै ठोस गाँस वास को वयवस्था गर्न सक्छ ? यो सवाल उत्पन्न भएको छ।


अवास्तविक उमेर राखेर अवास्त्विक घटना दावी गरेर देशका धेरै व्याक्ती हरुले सेवा सुबिधा लिएका समाचार हरु धेरै सुन्ने पढ्ने गरेका छौ।वास्तविक पिडामा रहेका पर्जे लुहार जस्ता देश भरिका नागरिकलाई कसले सेवा सुबिधा दिनेहोला?

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply