अनौठोघटना

जिउदो फर्कने आशामा ५दिन घरमै लास राख्दा यस्तो सम्म भयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


२०७७ श्रावण २०, मंगलवार

टीकापुर २० साउन
बिश्व प्रवििधि बिज्ञान मा निकै अगाडि बडी रहेको बेला आफुलाई विश्वासी बताउने एक जनाले आफ्नो बाउ बितेको ५ दिन पुगेर लास गनाउदा समेत लासको सतगत गरेका छैनन ।

बिज्ञापन


टीकापुर नगर पालिका वार्ड नं.१ शक्तिनगर शिविर बस्ने ४३ वर्षिय मोतीराम डगौरा थारुलाई विरामी भएर औषधी गर्न सोही वार्डको गणेशपुर सुकुम्वासी शिविरमा पास्टरसँग ल्याएको र उनी ५ दिन अघि मरिसकेको भएपनि पास्टरले ७ दिनमा निको भएर उठ्ने भनेको भन्दै लास घरमै राखिएको हो ।


मृतकका छोरा २१ वर्षिय इश्वर डगौराले इशाई धर्मको विश्वासमा “प्रभुले बाउ बाच्ने भनेको” बताउदै लासको सतगत नगरेका हुन ।
लास गन्हाएर सिंगो वस्ती नै दुर्गन्धित भएपछि स्थानियले प्रहरीलाई खबर गरेपछि अहिले प्रहरी टोली सो ठाउमा पुगेको छ ।


इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मधुसुदन न्यौपानेले सो वस्तीमा घरमा लास गन्हाएको खबर पाएपछि प्रहरी टोली त्यस तर्फ गएको पुष्टि गर्नु भयो ।


लास गन्हाएर सिंगो वस्तीमा नै गुर्गन्ध फैलिदा पनि मृतकका छोराले “प्रभुले सात दिनमा उठ्ने भनेको” भन्दै अहिले पनि लास उठाउन आनाकानी गरिरहेको स्थानियले बताएका छन ।


लास गनहाएको विषयमा उनले“लास गन्हाएको नभएर पसिना आएको र आज ५ दिनमात्र भएको” भन्दै ७ दिनमा उठ्ने बताउने गरेको स्थानियहरु बताउछन ।
अहिले प्रहरी टोली सो ठाउमा पुगेको र गन्हाएको कारण कोठा भित्र पस्न नसेर पर्फिन ल्याउन बजारमा मान्छे पठाएको घटनास्थलबाट पत्रकार पुर्ण विकले जानकारी दिनुभयो

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply