अवर्गीकृत

रवि लामिछाने को नयाँ राजनीति पार्टी या अरु?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भदौ १३ काठमाडौ
न्युज २४को सिधा कुरा जनता संगका प्रस्तोता रवि लामिछानेले एक बर्ष अगाडि आफू अन्यायमा पर्दा प्राप्त भएको जनताको सहयोगको उपयोग गर्दै केहि नयाँ गर्ने भनेर घुमाउरो भाषामा राजनीतिमा उत्रिने खालको संकेत गर्नु भएको छ।

अगाडि थप्दै देशको हरेक कुनाबाट आफुलाइ सहयोग गर्ने हरुलाइ आफ्नै परिवारको सदस्यको नाताले संमान गर्दै “मलाई आफ्नै छोरा सम्झी आवाज उठाउनु हुने बा र आमाहरू आफ्नै भाइ सम्झी आवज उठाउने दाइ र दिदिहरु आफ्नै दाइ सम्झी आवज उठाउने भाइ र बहिनी हरु अनि आफ्नै साथी सम्झी आवाज उठाउने साथी हरुलाइ धेरै धेरै धन्यवाद” भन्दै लेख्नु भएको छ।

बिज्ञापन

एक बर्ष पहिला आफू लाई आरोप लगाउदै आफ्नै सहकर्मी शालिकराम पुडाशैनीले बोलेको भिडियो सार्वजनिक भएपछि छानबिनको लागी पक्राउ परेको बेला सडकमा आन्दोलन गर्दा सुरक्षा नियन्त्रणको क्रममा चोटपटक लागेका हरुसंग क्षमा माग्दै चोटपटक लागेका हरु संग आफू निरंतर सम्पर्कमा रहेको भन्दै आफुले भेटेका तस्बिर हरु सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्नु भएको छ।

केहिदीन पहिला मात्र रवि लामिछानेको सिधाकुराको टीमले देशका सात वटै प्रदेशका विभिन्न ठाँउ हरुमा भेटघाट गरेर राजधानी फर्केको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply