कैलालीमा फेरि थपियो निषेधाज्ञा

टीकापुर , १३ भदौ
जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाको अबधि पुरा हुनु पुर्ब नै पाँच दिन थप हुने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको १० दिनको निषेधाज्ञाको अबधि भदौ १४ गते आइतबार राति १२ बजे समय सकिदैछ निषेधाज्ञा अवधि पूरा हुदै गर्दा पुनः ५ दिन थपिएको हो।

प्रशासनले थप गरेको समय भदौ १९ गते राति १२ बजेसम्मका लागि कैलालीमा निषेधाज्ञा जारी रहने जनाएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कोरोना संक्रमणको जोखिम बढिरहेकोले आफुलाइ आएको प्रस्ताव तथा सल्लाह ,सुझाव हरुलाइ मध्यनजर गर्दै निषेधाज्ञाको अबधि पाँच दिनका लागि थप गरिएको बताउनु भयो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
