राजनीति

मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुगां प्रहार गरियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,१९
मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार गरिएको छ । ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेकाहरू नेपाली कांग्रेसका कार्याकर्ता रहेको बताएको छ।


यस्तैगरी काठमाडौबाट फर्कदै गरेका मुख्यमन्त्री पोखरेल चढेको गाडीमाथी आइतबार साझ चौराहमा ढुंगा प्रहार गरेको हो।

बिज्ञापन


ढुंगा प्रहारमा संलग्न रहेको भन्दै नेविसंघ उपसभापति मुक्तिराज पौडेल पनि पक्राउ परेका छ्न ।


कांग्रेसका नेताहरू हलिलाल पाण्डे ,शिव गौरे , विष्णु पोखरेल , ज्ञानेन्द्र कार्की र पत्रकार कमला पाण्डे पक्राउ परेका थिए ।


पत्रकार पाण्डे समाचार संकलनमा गएको बताएको छ।


बुटवलबाट राजधानी दाङ सार्ने विरोधमा कांग्रेसले आन्दोलन गरिएको छ।आज बिहान १० बजे प्रदेश सभा भवन घेराउ गर्ने कार्यक्रम कांग्रेसले राखेको छ।
यस्तैगरी आजै प्रदेशसभामा स्थायी राजधानीबारे छलफल हुदैछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply