गांजासहित एक जना पक्राउ

असोज , २२
पर्साको पटेर्वासुगौली गाउँपालिका -५ देउरिया टोलबाट गाजा बरामद गरेको छ। प्रहरीले एक जना गांजा कारोबारीलाई पनि पक्राउ गरेको छ ।
यो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार राती साढे १२ बजे देउरिया टोल निवासी ४० वर्यीय राज ओझैयाको घरमा खोजतलास गर्दा भेटिएको हो ।

यस्तै १३१ किलो गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका पर्वक्त डिएसपी मनोजित कुंवरले जनाए ।
घरमा गाजा लुकाएर राखेका अझैयालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको कुंवरले बताए ।
यसैगरी प्रहरीले मंगलबार राती साडे १० बजे पर्साको कालीकामाई गाउँपालिका -९ तिनहुविय निवासी २९ वर्यीय खोवारी प्रसादको घरमा ८ किलो लागुऔषध बरामद गरेको बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
