कोरोना संक्रमितका परिक्षार्थीले लोक सेवाको परिक्षा दिन नपाउने

असोज ,२६
लोकसेवा आयोगको परिक्षामा कोरोना संक्रमित व्यक्ति सहभागी हुन नपाउने भएका छ्न ।
आयोगले परिक्षा संचालन तथा व्यवस्थापन सम्बन्धि जारी गर्दै कोभिड १९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरुले परिक्षा दिन नपाउने जनाएको छ।

लोक सेवाले परिक्षामा सामेल हुने पुरुषका लागि उमेर हद ३५ र महिलाका लागि ४० वर्ष तोकेको छ। संक्रमित वा संक्रमितको सम्पर्कमा आएका कतिपय व्यक्तिको उमेर हद पूरा हुने अवस्था पनि हुन सक्छ ।
आयोगले स्वास्थ सुरक्षा मापदण्ड अनुसार नै परिक्षा लिने स्पष्ट पारेको छ। एउटा परिक्षा केन्द्रमा एक सय जना मात्र परिक्षार्थी हुनेछ्न ।एक बेन्चमा एक मात्र बस्ने गरि एउटा कोठामा २५ जना परिक्षार्थी राखिनेछ ।
परिक्षा केन्द्रमा परिक्षार्थी र परिक्षामा खटिने जनशक्तिले मास्क लगाउने ,सेनिटाइजर प्रयोग गर्ने , भौतिक दुरी कायम गर्नुपर्ने मापदण्डमा उनेख छ ।
आयोग अध्यक्ष उमेश मौनालीले विशेष स्वास्थ अवस्था सुरक्षा अपनाएर परिक्षा संचालनको तयारी गरिएको बताए ।
परिक्षार्थी सुरुहुनु एक घण्टा अगाडि नै केन्द्रमा पुगिसक्नुपर्ने छ। नक्कली परिक्षार्थी प्रवेश नहोस भन्नका लागि आयोगले उम्मेदवार कायम दुरी गरी मास्क खोल्न लगाई पहिचान गर्ने जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
