घटना

धनकुटामा राती ढोका फुटाएर बलात्कार प्रयास गर्ने खुकुरी प्रहार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,२९
धनकुटामा राती ढोका फुटाएर बलात्कारको प्रयास गर्ने पुरुषको हत्या भएको छ।

धनकुटाको महालक्ष्मी महानगरपालिकाकि ३० वर्यीय कमला गुरुङले आफुमाथी बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी हुन । घुमाउनेकी ३० वर्यीय कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन ।

बिज्ञापन

यस्तैगरी लीलबहादुरले बलात्कार प्रयास गरेपछी महीलाले खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।

उनी महिलाले आफुलाई बलात्कारको प्रयास गरेपछि खुकुरी प्रहार गरेको बताएकि छ्न ।उनले राति ढोका करिब १० बजे फुटाएर आफुमाथी बलात्कार प्रयास गरेपछि प्रतिकारमा खुकुरी प्रहार गरेको कमलाले बयान दिएकी छ्न ।अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको छ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लिइएको छ।उनी महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छ्न ।

कमलाले खुकुरी प्रहार गरिसकेपछि लीलबहादुर भागेका थिए ।उनको टाउकोमा गम्भीर चोटलागेका उनको बिहान स्थानीय लाहुरे खोल्सीमा शव फेलापरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply