भारतीयलाई नागरिता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

कार्तिक ,१४
कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिता दिलाउन सिफारिस दिने धनगढीका वडाध्यक्ष पक्राउ परेका छ्न ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा उनी पक्राउ परेका हुन।

यस्तैगरि , २०७५ फागुन २० मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छ्न ।नक्कली बुवा बन्ने चौधरी अहिले फरार छ्न भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान जारी भइरहेको प्रहरीले बताएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
