प्रदेश २को प्रमुखमा राजेश झा नियुक्त

फागुन ७ कैलाली
प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश प्रमुखमा रौतहटका झा नियुक्त भएका हुन ।
नवनियुक्त प्रदेश प्रमुख झा ‘राजेश अहिराज’ को नामले धेरै परिचीत छन् । मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजबाट पदमुक्त गरि झा लाई नियुक्ति गर्नु भएको हो । परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

