अवर्गीकृत

सत्ती भन्सार नाका बन्द रहेपनि लुकिछिपी प्रवेश जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २३ फागुन
कैलालीको सत्ती भन्सार बाट आम नागरिक हरुका लागी बन्द भए पनि लुकि प्रवेश भैरहेको छ।

कोरोनाभाइसका कारण बन्द भएका भारत सम्म जोडिएका देश भरिका धेरै नाका हरु बाट आवागमन भैरहेको भएता पनि कैलालीको टीकापुर नगरपालिका संग जोडिएको सत्ती खक्रोला नाका भने बन्द रहेको छ।

बिज्ञापन

सर्वसाधारण हरुलाइ भारत तर्फबाट औसधि ल्याउन पेन्सन ल्याउने अथवा नेपालमा रहेका भारतीय व्यावसायिहरुलाइ भारतमा रहेका आफन्त हरुको कुनै घटना हुदा पनि धनगढी-गौरिफन्टा तथा नेपालगन्ज-रुपडिया नाका प्रयोग गरेर जानु परेको एक जना व्यवसायीले मालिका समाचार संग गुनासो गरे ।

भारतको अविकसित बस्ती हरुमा बन्ने अखाद्य बस्तु हरु मिस्रीत भएका अचार ,आइस्कृम (बरफ ) चुरण लगायतका बस्तु हरु नजिकै रहेको भजनी नगरपालिका टीकापुर नगरपालिका जोसिपुर गाउपालीका जानकी गाउपालीका लगायतका धेरै क्षेत्र हरुमा साइकलमा घुम्दै बेच्न र उक्त बस्तु खानाले स्वस्थमा समस्य आउने गरेको स्थानीय जानकारले बताए

टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९मा रहेको एउटा कवाडव्यापारी संग भेटघाटमा आएका केहि व्याक्ती हरु संग सोधपुछ गर्दा कुन ठाउँ बाट आफू हरु भरतको खिरो जिल्लाको तिकुनिया बाट आएको बताए तर कुन नाका बाट आएको भनेर सोधपुछ गर्दा कुनै जवाफ नदिएर साइकलमा फर्केका छन।
सामान्य नागरिकको आवगमनमा असहज भएता पनि यसरी घुसपैठ भएर आवगमन गर्ने हरुको भने ओइरो देखिन्छ ।

यो बिषय लाई लिएर सत्ती भन्सारमा रहेको ससत्र बि ओ पी का जिम्मेवार पदम राज बट्ट लाइ टेलीफोन मार्फत बुझ्दा भारत तर्फबाट नेपाल प्रवेश गर्ने सत्ती प्रमुख द्वारमा सि सि टी भि क्यामरा जडान गरेर कडाइ गरिएको ले अन्य बाटो अप्नाएर प्रवेश गरेको हुनसक्ने बताए ।

Home » सत्ती भन्सार नाका बन्द रहेपनि लुकिछिपी प्रवेश जारी
Home » सत्ती भन्सार नाका बन्द रहेपनि लुकिछिपी प्रवेश जारी

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply