कर्णाली नदिमा डुबेर १४ बर्षिय छात्रको मृत्यु

चैत १६ कैलाली
कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्बर ८ सत्ती पुल नजिक कर्णाली नदिमा डुबेर १४ बर्षिय छात्रको मृत्यु भएको हो।
सोमबार सत्ती स्थित कर्णाली नदिमा रहेको कैलाली बर्दिया जोड्ने पुलको उत्तर पट्टी नुहाउने क्रममा टीकापुर नगरपालीका वडा नम्बर १ ब्लक नम्बर १४ बस्ने लालबहादुर चौधरीको छोरा बर्ष १४को आयुश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ।

मृतक टीकापुर नगरपालिकामा रहेको बिरेन्द्र विद्यामन्दिरमा कक्षा ८मा अध्यनरन छात्र हुन। मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ। मृतकका परिवार ,आफन्त , तथा स्थानीय हरु अस्पतालमा उपस्थित रहेका छ्न।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।



