अवर्गीकृत

समुदाय स्तरमा कोरोनाको भयानक शंका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बिश्वभरी फैलिएको कोरोना भाईरस (Covid-19) को दोस्रो कलह कोरोना भेरियन्टले नेपाल पनि अछुतो हुन सकेन भने नेपालको पिछडिएको जिल्ला अछामको मेल्लेख गाउपालिकामा पनि दिन प्रतिदिन कोरोना कलहको लहर देखा परिसकेको अवस्था छ। बैशाख १८ गते २९ जनाको स्वाब संकलन गरेर कमलबजार नगरपालिकाको परिक्षण केन्द्रमा परिक्षण गर्दा २५ जनाको कोरोना Positive आएको थियो भने हिजो मात्र मेल्लेख गाउँपालिकाका विभिन्न निकायका कर्मचारिहरुको स्वाब संकलन गरि ९२ जनामा ५३ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी छ।
गा. पा. का ८ वटा वडाहरु मध्ये वडा न. 7 नन्देगडा , वडा न. 5 मेल्लेख र वडा न. ६ षोडशादेबी बढी ग्रसित देखिएको छन भने अरु वडामा पनि क्रमशः फैलिने शंका गरिएको छ।
यो अबस्थालाई मध्यनजर गर्दै मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले “सबै राजनीति दल, समाजसेबी, शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी लगायत सबै आ-आफ्नो ठाउँमा जुटौ | कोरोना नियन्त्रणमा सबैले सहयोग गरौ भनी अनुरोध गरेका छन”।
यो संगै गाउँघरमा पनि मानिसहरु बिरामी भएर आछुल ब्याकुल भएका छन। पछिल्लो समयमा हावापानी परिवर्तन संगै आएको भाईरल ज्वरोले एक घर पनि अछुतो हुन सकेको छैन । मानिसहरुलाई यो भाईरल ज्वरोले कोरोनाको रुप लिएको छ भनि धेरै चिन्तित भएको छन।
यो बिश्वब्यापी महामारी कोरोना भेरियन्टको भाईरसबाट आफू पनि बचौ र अरुलाई बचायौ।
सकभर घरबाट बाहिर ननिस्कौ निस्कनै परेमा माक्सको र सेनिटाईजरको अनिवार्यरूपमा प्रयोग गरौं ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply