कृषिटीकापुर

दुधको मुल्य मनोमानि वृद्धि गरेकोमा उपभोक्ता हित संरक्षण मंचको प्रेस विज्ञाप्ति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २५ माघ
टीकापुर नगरपालिकाका दुग्ध व्यावसायि(डेरिफार्म) हरुले मनोमानी ढंगले मुल्य वृद्धि गरेकोमा उपभोक्ता तथा कृषक मर्कामा परेका छ्न।

सोमबार उपभोक्ता हित संरक्षण मञ्च टीकापुरले पत्रकार सम्मेलन गरि डेरि व्यावसायिक संघ टीकापुरले दुधको मुल्य एक तर्फी हिसाबले मुल्य बढाएर उत्पदक तथा किसान को अवहेलना गरे संगै उपभोक्ता प्रति अन्याय गर्दै व्यावसायिक मर्यादा को उलंघन समेत गरेको प्रती उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले पत्रकार सम्मेलन मार्फत एक प्रेस विज्ञापति जारी गर्दै ध्यानाकर्षण गराएका छ्न।

बिज्ञापन

जारी प्रेस विज्ञाप्तिमा संकलक,तथा कृषक हरु संग छलफल नै नगरी एक तर्फी ढंगले मुल्य वृद्धि गरेकोले
नगरपालिका भित्र रहेका डेरि भित्र नगरपालिकाले यथा शिघ्र दुग्ध व्यावसायि हरुलाई बोलाइ दुधको उचित मुल्य निर्धारण गर्ने कार्य गर्न दुग्ध उत्पादक शिव थापाले बताए
संगै उत्पादक लाई लागतको आधारमा घाटा बेहोर्नु परेको दुर्गा प्रसाद जोसी ले बताए ।

दुध संकलक कर्ण बहादुर विकका अनुसार बसिखाने लाभमा र गरि खाने घाटामा रहेको र उत्पादक ले दुध डेरी सम्म पुर्याउदा लेक्ट्रोमिटरले नापेर लिने र दुग्ध व्यावसायिले उपभोक्ता हरुलाई दिदा गाइ भैंसी को मिक्स गरेर बेच्ने गरेर गुणस्तर नाप बिना नै दिने गरेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।